चितवन ,१३ जेठ ।
सबै भन्दा चर्चा र चासोको साथ हेरिएकाे चितवन महानगरपालिकाको मतगणनाको अन्तिम चरणमा आइपुग्दा समेत नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहनुभएको छ।
पछिल्लो मत परिणाम अनुसार माओवादीका मेयर उम्मेदवार रेणु दाहाल भन्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली १४ सय ३० मतले अगाडि हुनुहुन्छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३८ हजार ५ सय ६७ मत ल्याउनु भएको छ भने माओवादीकी मेयर उम्मेदवार दाहालले ३७ हजार १ सय ३७ मत प्राप्त गर्नु भएको छ।
उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले ४० हजार ९ सय ७६ मत ल्याउनु भएको छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माले ३५ हजार २ सय ४२ मत ल्याउनु भएको छ।
शनिबार बिहान पतपत्रमा अर्धकट्टी भेटिएको भन्दै केही बेर मत गणना रोकिएको थियो। वैशाख ३१ गते चुनावकै बेला अर्धकट्टी फाल्ने र गणना गर्ने सहमति भइसकेकाले १२४ अर्धकट्टी झिकिएको थियो। बुँदा नम्बर ३ मा १ सय २५ वटा अर्धकट्टी परेको उल्लेख गरिएको थियो।
अब चितवनको भरपुर महानगरपालिकाका १८, १९, २०, २१ वडाको मत गन्न बाँकी रहेको छ।