संसद् बैठक बस्दै , आज पनि अबरोध गर्ने एमालेको तयारी

संसद् बैठक बस्दै , आज पनि अबरोध गर्ने एमालेको तयारी

  • शनिबार, जेष्ठ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, १३ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण पटक पटक स्थगित हुदै आएको ब्यावस्थापिका संसदको बैठक आज पनि बोलाईएको छ ।

आफूहरूले उठाएको माग सम्बोधन नहुँदासम्म बैठक चल्न नसक्नेएमालेको अडानका कारण शुक्रवार स्थगित भएको संसद बैठक आजका लागी बोलाईएको हो ।

सभामुख ओनसरी घर्तीको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले सदन अवरोध गरेपछि शुक्रवार एकैदिन तीनपटक सम्म बैठक स्थगित भएको थियो ।

एमालेले सरकारले तराईमा स्थानीय तहको सङ्ख्या थप गर्ने निर्णय , प्रधानन्यायाधीश माथिको महाअभियोगको प्रस्ताव फिर्ता, स्थानीय तहको पहिलो चरणको निर्वाचनको समयमा भएको भनिएको अनियमितताको छानबिन लगायतका माग पुरा नभएसम्म बैठक चलन नदिने घोषणा गरेको छ ।

उहाँले सरकारको नीति तथा कार्यक्रम पारित नभइकन आगामी आवको बजेट ल्याउन नपाउने तथा यही जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएपनि सदन सुचारु नहुदा अन्योलतामा परेको छ ।

आज दिउँसो १ बजे बैठक बस्ने छ । सदन खुलाउने विषयमा प्रमुख दलहरूबीच छलफल जारी रहेकाले आज सहमती जुटे बैठक सुचारु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ