आन्दोलनमा जान ठाकुरको प्रस्ताव यादव र गच्छदारद्वारा अस्वीकार

आन्दोलनमा जान ठाकुरको प्रस्ताव यादव र गच्छदारद्वारा अस्वीकार

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं ,१२ जेठ ।

स्थानीय तहको दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्।

संयोजक ठाकुरले बिहीबार यादव र गच्छदारसँग भएको बैठकमा ठाकुरले तीनवटा पार्टी मिलेर आन्दोलनमा गए आन्दोलन सशक्त हुने र सरकारले बाध्य भएर मधेसको मुद्दा सम्बोधन गर्ने बताएका थिए। गच्छदार र यादवले भने आफूहरूले दोस्रो चरणको चुनावको तयारी अघि बढाइसकेको भन्दै बहिष्कार गर्न नसकिने धारणा राखेका थिए। प्राप्त उपलब्धि संस्थागत गर्दै चुनावकै माध्यमबाट थप उपलब्धिका लागि संघर्ष गर्नुपर्ने भनाइ यादवको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ