जथाभाबी बाटो काटे २ सय जरिवाना या तीन घण्टा नियन्त्रण

जथाभाबी बाटो काटे २ सय जरिवाना या तीन घण्टा नियन्त्रण

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

जेष्ठ १२ शुक्रबार ।
 काठमाडौँ सडक दुर्घटना न्यूनीकरण अन्तर्गत ट्राफिक प्रहरी महाशाखाले केहि समय देखि सडक प्रायोग कर्तालाई निश्चित स्थानबाट मात्र सडक प्रयोग गर्न सडक अनुशासन संगै ध्वनि नियत्रण, फुटपाथ व्यबस्थापन र पैदल यात्रु सुरक्ष्या अभियान तथा जनचेतना कार्येक्रम गर्नाका साथै लापरवाही गर्ने बिरुद्द कारवाही सम्म गर्ने गरि अगाडी बढाउने भएको छ ।
महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ति निकाली सार्वोजनिक गरेको छ । जस अनुसार जेष्ठ १६ बात सडक प्रायोग कर्ताले पनि जथाभाबी बाटो काट्ने ,हिड्दुल गर्ने लाई सवारी तथा यातायात ब्यबस्था एेन २०४९ अन्तर्गत १६० को उपदफा ३ अनुशार अहिलेका लागि दुइसय २००\- तत्काल सोहि स्थानमा जरिवाना काटी रसिद थमाउने भएको छ ।
जरिवाना तिर्न रकम नहुनेलाई भने नजिकैको प्रहरी वृत्त तीन घण्टा नियेन्त्र सहित आधा घण्टाको सचेतना कक्ष्या पछिमात्र छाडिने महासखा प्रमुख मिन्मार लामाले बताउनु भएको छ । सडक दुर्घटना मध्यमा चालिस प्रतिशत पैदल यात्रुको लापरवाहीका कारण हुने भएकोले सडक दुर्घटना न्यूनीकरण अन्तर्गत ट्राफिक प्रहरी महाशाखाले सडक प्रायोग कर्तालाई निश्चित स्थानबाट मात्र सडक प्रयोग गर्न सुझौदै अभियानलाई चैत्र २२ बात प्रारम्भ गरेको हो ।
हर्न निषेधको सफता पछी महाशाखालाई यो अभियानमा सहजता ल्याउन यातायात ब्यबस्था बिभागले नेपाल प्रहरीलाई अधिकार प्रत्यायोजन गरेको छ । चालु आ ब २०७३ \०७४ बैशाख मसान्त सम्ममा पैतालिस सय चौसठ्ठी ४५६४ दुर्घटनामा एकसय अर्चालिस को म्र्तयु भएको तथ्यांकमा देखिन्छ । महाशाखाका अनुशार बैसाख १५ बाट जेष्ठ ३ सम्म सामुदायिक सेवा ,नेपाल स्काउट, विद्यार्थी,कलाकार र सामाजिक संघ सस्था, यातायात आबद्द सस्था लगाएतको सहभागी हुने भनिएको छ । फोटो;- बुद्ध शरण शाही

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ