तेह्र हजार ३३ जनप्रतिनिधि निर्वाचित

तेह्र हजार ३३ जनप्रतिनिधि निर्वाचित

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १२ जेठ । निर्वाचन आयोगले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म १३ हजार ३३ जनप्रतिनिधि निर्वाचित भएको जानकारी दिएको छ ।

कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार हालसम्म २८० स्थानीय तहको मतगणना समाप्त भई निर्वाचित जनप्रतिनिधिको विवरण प्राप्त भएको छ ।

अब काठमाडाँै र भरतपुर महानगरपालिका तथा चाँगुनारायण नगरपालिका गरी तीन स्थानीय तहको विवरण प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

पछिल्लो विवरणानुसार नगर प्रमुख वा अध्यक्ष २८०, उपाध्यक्ष÷उपप्रमुख २८०, वडाध्यक्ष दुई हजार ५२६, खुला वडा सदस्य पाँच हजार ४६, महिला सदस्य दुई हजार ५२१ र दलित महिला सदस्य दुई हजार ३८० जना निर्वाचित भइसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ