उपत्यकामा मध्यान्ह चर्को घाम अपरान्ह मुसलधारे वर्षा

उपत्यकामा मध्यान्ह चर्को घाम अपरान्ह मुसलधारे वर्षा

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, १२ जेठ ।

राजधानी उपत्यका सहित मुलुकका अधिकाशं स्थानमा आज दिउँसो अचनाक बर्ष भएको छ ।

वायुमण्डलको तल्लो सतहमा न्यून चापीय क्षेत्रको विकाससँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले काठमाडौँ उपत्यकासहित पश्चिमी भेग र पूर्वका धेरै स्थानमा वर्षा भएको महाशाखाको भनाई छ ।

मध्यान्ह चर्को घाम लागेको उपत्यकामा अपरान्ह मुसलधार वर्षा भएको थियो । वर्षाका कारण उपत्यकाका केही सडकमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो ।
कतिपय स्थानमा सडक जलमग्न हुँदा सवारी साधन र पैदल यात्रुको आउजाउ रोकिएको थियो ।

दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सहतमा बगेर स–साना न्यून चापीय क्षेत्रको विकास भएको तथा बङ्गालको खाडीमा जलवाष्पयुक्त हावा तल्लो सतहमा देखिएकाले नेपालमा बदलीसँगै वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “दुई मौसमी प्रणालीसँगै ‘प्रि–मनसुन’ को समय भएकाले पनि खण्डित रुपमा वर्षा गराउने, बदली हुने र घाम लाग्ने प्रक्रिया चलिरहन्छ । पर्याप्त जलवाष्पयुक्त हावा नभएकाले हल्काफुल्का वर्षा हुने र घाम लाग्ने भइरहन्छ ।”

आज काठमाडौँ उपत्यकाको अधिकतम २९ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै विराटनगरमा ४७, सिमरामा ३९ र पोखरामा १५ मिलिमिटर वर्षा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ