रसुवा, १२ जेठ ।
गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक तिर्थयात्रुको आज बिहान निधन भएको छ ।
मृत्यु हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की रहेकी छन् ।
आफन्तसँग तीन दिनअगाडि तीर्थ गर्न गोसाईकुण्ड पुगेकी उनको स्नान गर्ने क्रममा नीलकण्ठ दहमा डुबेर निधन भएको प्रहरी प्रमुख फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
शव दहबाट बाहिर निकाल्न आवश्यक सामग्रीसहित प्रहरी खटाइएको प्रहरी प्रमख प्रसाईंले बताउनुभयो ।
कुण्डमा रहेको शव बाहिर निकाल्ने मद्दतका लागि आफ्नो मातहतमा रहेको चन्दनबारी ढिम्सापोष्टबाट नेपाली सेना गोसाइँकुण्डतर्फ पठाइसकिएको नेपाली सेना नारायण दल गण धुन्चेले जनाएको छ ।
आजदेखि सुरु भएको गोसाइँकुण्ड मेला २१ गतेसम्म चल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline