हतियार सहित सेना सडकमा निस्कीयो , जनता भन्छन् : चुनावमा के हुने हो ?

हतियार सहित सेना सडकमा निस्कीयो , जनता भन्छन् : चुनावमा के हुने हो ?

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

ईटहरी ,१२ जेठ ।

दोस्रो चरणको निर्वाचन नजिकिदै जादा नेपाली सेनाले संबेदनसिल मानिएका क्षेत्रहरुमा निर्वाचन सुरक्षको लागी भन्दै गस्ती बढाएको छ ।

सुनसरीका सिमावर्ती क्षेत्र अमाईबेला , श्रीपुर ,हरिहरपुर , लौकहि , बर्जु लगायतका क्षेत्रमा नेपाली सेनाले दिउसै हतियार सहित गस्ती गरिरहेको छ ।

बिशेष गरेर बिहान र बेलुकाको समयमा सेनाले बढी गस्ती गर्ने गरेको सो क्षेत्रका स्थानियहरु बताउछन् ।

चुनाव खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो गतिबिधी बढाएको भन्दै सेना , प्रहरी तथा म्यादि प्रहरीको गस्ती हुने गरेको अमाईबेलाका तिलक शर्माले बताए ।

सेनाको गस्ती बढेका कारण साझ बिहान सडकमा ढुक्कले हिड्न सक्ने अवस्था पनि नरहेको उनले बताए ।
यता ईटहरीका राम श्रेष्ठले शहर बजारमा समेत सेनाको गस्ति रहेकोले आगामि जेठ ३१ मा हुने निर्वाचनमा के हुने हो आशङ्का बढेको बताए ।

बिशेषगरेर सिमावर्ती क्षेत्र र ईटहरी ईनरुवा लगायतका क्षेत्रमा सेनाले गस्ति बढाएको जनाईएको छ । ईटहरी,ईनरुवा लगायतका क्षेत्रमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले सेल्टर लिएर बस्ने र निर्वाचन बिरोधि गतिबिधि बढाएको आशंकामा प्रशासनले सो क्षेत्रमा कडाई गरेको प्रहरी स्रोतको भनाई छ ।

उता नेकपाले भने निर्वाचन सुरक्षाको नाममा प्रहरी प्रशासनले आफ्ना नेता कार्यकर्तालाई टेलिफोन गरी धम्क्याउने ,बिना कारण गिरफ्तार गरी झुठा मुद्धा लगाउने काम गरेको भन्दै बिरोध जनाएको छ ।

साथै पक्राउ परेका आफ्ना सबै नेता कार्यकर्तालाई बिना सर्त तत्काल रिह गर्न पनि नेकपाको आग्रह छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ