इच्छुक स्मृति दिवस शनिवार ,यो बर्ष चार स्रष्टालाई इच्छुक पुरस्कार दिने

इच्छुक स्मृति दिवस शनिवार ,यो बर्ष चार स्रष्टालाई इच्छुक पुरस्कार दिने

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

२ जेठ,काठमाडौँ । जेठ १३ गते शनिवार पत्रकार तथा साहित्यकार महान शहिद कृष्ण सेन इच्छुकको १४ औं स्मृति दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाइदैँछ । सेनको स्मृती दिवशका अवसरमा प्रदान गरिदै आएको  ‘इच्छुक स्मृति पुरस्कार’यस बर्ष चार जना स्रष्टाले पाउने भएका छन् ।

इच्छुक सांस्कृतिक प्रतिस्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘इच्छुक स्मृति पुरस्कार’ दुई जनालाई र साहित्य तर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ एक जनालाई र कला तर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ एक जनालाई दिने निर्णय गरेको छ ।

प्रतिस्ठानका सदस्य सचिव हिरामणि दुःखीका अनुसार तनहुँ, आँबु खैरेनीका कवि अनिल श्रेष्ठ र रोल्पा, राङकोट निवासी कथाकार नवीन विभाष (किरण पुन) लाई ‘इच्छुक स्मृति पुरस्कार’ ले पुरस्कृत गर्ने निर्णय प्रतिस्ठानले गरेको छ ।

नेपाली जनसांस्कृतिक आन्दोलनमा जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि संगठनात्मक एवम् सिर्जनात्मक क्षेत्रबाट क्रियाशील भई नेपाली वर्गसङ्घर्षको नवीन सौन्दर्य मूल्यहरूको विकास र प्रवद्र्धनका लागि अहोरात्र जुटेकाले श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय प्रतिस्ठानले गरेको हो ।

त्यसैगरी नेपालको जनसांस्कृतिक आन्दोलनमा उत्पीडित वर्गको संवेदनालाई कथा, निवन्ध र कविताका माध्यमबाट चित्रण गर्दै सिर्जनात्मक क्षेत्रबाट नेपाली वर्गसङ्घर्षको सौन्दर्यात्मक मूल्यहरूको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कारण नवीन विभाषलाई पुरस्कार प्रदान गर्न लागिएको हो । एक लाख नगद सम्मान पत्रसहितको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गरिने दुःखीले जानकारी दिएका छन् ।

लामो समयदेखि साहित्य लेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई कवितामार्फत् अभिव्यक्त गर्दै आएकी खोटाङ महालक्ष्मी १२ सानोगाउँ निवासी कवि पञ्चकुमारी परियारलाई साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ ले पुरस्कृत गर्ने बताइएको छ । त्यसैगर कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ सिन्धूपाल्चोकका अनिश योञ्जनलाई दिइने निर्णय प्रतिस्ठानले गरेको छ ।

नेपाली जनयुद्धमा गीत, संगीतका माध्यमबाट जुझारु सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा सामाना सांस्कृतिक परिवारमा संगठित भई जनपक्षीय संस्कृतिको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कारण पुरस्कृत भएका हुन् । प्रतिभा पुरस्कारको जनही २५ हजार र सम्मानपत्र रहेको छ ।

यही जेठ १३ गते शनिबार इच्छुक स्मृति दिवसको अवसरमा काठमाडौँका संवाद डबलीमा विशेष कार्यक्रम गरेर पुरस्कार वितरण गरिने सदस्य सचिव दुःखीले जानकारी दिए ।

प्रतिस्ठानका संरक्षक समेत रहेका नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यमा दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ