काठमाणडाै ,जेष्ठ १२ ।
व्यबस्थापिका संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिभिन्न माग गर्दै केहि दिनयता संसद बैठक अबरुद्ध गर्दै अाएकाले अाजकाे बैठक सञ्चालनका लागि ठुला दलबीच प्रयास भइरहेको छ ।
एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङले दलहरुबीच सहमतिका लागि छलफल जारी रहेको भन्दै माग पुरा नभएसम्म बैठक चल्न नसक्ने बताउनुभयो ।
स्थानीय तहको संख्या हेरफेर गर्दा निर्वाचन नहुने संभावना बढ्ने एमालेको चिन्ता निर्वाचन आयोगले पुष्टि गरेको भन्दै उहाँले सहमतिका साथ अघि बढ्न तयार रहेको बताउनुभयो ।
एमालेले स्थानीय तह संख्या हेरफेरको निर्णय र प्रधानन्यायाधिसको महाअभियोग प्रस्ताव फिर्ता तथा निर्वाचनका क्रममा भएका घटनाको छानविन माग गर्दै आएको छ । हिजो राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरेलगत्तै एमाले सांसदले संसदमा बिरोध जनाएपछि बैठक आज दिउँसो सम्मका लागि स्थगित भएको थियो । बैठकको कार्यसुचीमा नीति तथा कार्यक्रम माथिको छलफल राखिएको छ