निर्वाचन हारेपछि काग्रेस उम्मेदवारले माओवादी केन्द्रकी नेतृलाई मध्यरातमा गरे कुटपिट

निर्वाचन हारेपछि काग्रेस उम्मेदवारले माओवादी केन्द्रकी नेतृलाई मध्यरातमा गरे कुटपिट

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

११ जेठ ,नुवाकोट ।

चुनावमा सहयोग नगरेको भन्दै काँग्रेसका एक पराजित उम्मेदवारले माओवादी केन्द्रकी स्थानीय महिला कार्यकर्तालाई कुटपिट गरेका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं १ भाल्चे नुचेत निवासी सञ्जुमाया घलेलाई नेपाली काङ्ग्रेस कार्यकर्ताले बुधबार मध्यरात कुटपिट गरेका हुन् । घरमा एक्लै भएको मौकामा सोही वडाबाट काँग्रेसका पराजित उम्मेदवार शुकबहादुर घलेको निर्देशनमा उक्त कुटपिट भएको माओवादी केन्द्रले बताएको छ ।

माओवादी केन्द्रको प्रचार गरेर अाफूलाई हराएको भन्दै शुकबहादुरले सञ्जुलाई पिट्न निर्देशनमा माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले बताएका छन् ।

काँग्रेस कार्यकर्ताहरुले सञ्जुमायको मुख, खुट्टा बाध्नुका साथै अाँखा र मुखमा पट्टी बाँधेर कुटपिट गरेका थिए । चुनावमा अाफूलाई सहयोग नगरेको भन्दै २४ वर्षीय सञ्जुमायालाई कुटपिट गरेपछि काँग्रेसलाई भोट नदिएका मतदाता अातंकित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ