काठमाण्डौ र भरतपुरको पछिल्लो मतपरिणाम (अपडेट)

काठमाण्डौ र भरतपुरको पछिल्लो मतपरिणाम (अपडेट)

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चितवन , ११ जेठ ।

भरतपुर महानगरपालिकाको मतपरिणाम अन्तिम चरणामा अाउदा  एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालबीचको मत अन्तर घट्दै गएको हो।

पछिल्लो मत परिणाम अनुसार एमाले मेयर उम्मेदवार ज्ञवाली माओवादीकी मेयर उम्मेदवार दाहाल भन्दा १२ सय ३५ मतले अगाडि हुनुहुन्छ। देवी ज्ञवालीले ३२ हजार ५ सय २ मत ल्याउनुभएको छ भने रेणु दाहालले ३१ हजार २ सय ६७ मत ल्याउनुभएको छ।

उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३४ हजार ९ सय २२ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २९ हजार ३ सय ६ मत ल्याउनुभएको छ।

निर्वाचन आयोगका अनुसार वडा नम्बर १ देखि १५ र २५ देखि २९ वडासम्मको मतगणना भइसकेको छ। अब भने १६ देखि २४ वडाको मतगणना भइराखेको छ।

उता, काठमाडौँ महानगरपालिकामा अब आठ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी रहँदा नेकपा(एमाले) विद्यासुन्दर शाक्यले ५२ हजार ३९० मत प्राप्त गर्नुभएकाे छ । त्यसैगरी प्रमुख पदकै लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका राजुराज जोशीले ३६ हजार ९८१ मत ल्याउनु भएकाे छ ।

नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले पाँच हजार ९७८, साझा पार्टीका किशोर थापाले १४ हजार ८६१ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै उपप्रमुखका लागि काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायम गरिरहेकी छन्।

उनले हालसम्ममा ४८ हजार १०१, राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५३ र साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

एक लाख ७२ हजार ६८३ मत खसेकामा हालसम्ममा एक लाख ५९ हजार १७५ मत गणना भइसकेको छ । हालसम्ममा १३ वटा वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ