घुस लिँदालिँदै शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

घुस लिँदालिँदै शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

पर्सा, ११ जेठ । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झालाई रङ्गेहात पक्राउ गरेको हो ।

पर्साको श्री नेरा प्रावि मैरनपुर, पर्साको तीनतले भवन निर्माणको बिल फछ्र्यौट गरेबापत जिसिअ तिवारीले रु ५० हजार र इन्जिनियर झाले रु २० हजार नगद लिएपछि घुस रकमसहित पक्राउ गरिएको अख्तियार टोलीले जनाएको छ ।

नेरा प्रावि मैनपुरको तीनकोठे भवन निर्माणको रु १९ लाख ५० हजारको बिल भर्पाई फछ्र्यौट गरेबापत जिसिअ तिवारी र इन्जिनियर झाले रकम माग गरेको पूर्वसूचनाका आधारमा छापा मारी घुस रकम बरामद गरिएको अख्तियार टोलीले बताएको छ ।

बरामद गरिएको घुस रकमको बरामदी मुचुल्का गरी जिसिअ तिवारी र इन्जिनियर झालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका अधिकारीले बताएका छन् । पक्राउ परेका दुवै अधिकारीलाई आवश्यक कारबाहीका लागि आजै काठमाडौँ लैजाने आयोगले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ