राष्ट्रपतिद्धारा सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान

राष्ट्रपतिद्धारा सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं , जेष्ठ ११  ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्री चयनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो पदबाट राजिनामा दिएपछि राष्ट्रपति भण्डारीले संवैधानिक ब्यवस्थाअनुसार सहमतीका लागि दलहरुलाई एक साताको समय दिनुभएको हो ।

राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान धारा २९८ को उपधारा २ बमोजिम सात दिन भित्र राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्न संसदमा प्रतिनिधित्व गर्न राजनीतिक दललाई आह्वान छ ।’ सहमतीका आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्र बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ