यो कस्को भन्दै देखाईयो रातो मत्स्येन्द्रनाथको भोटो 

यो कस्को भन्दै देखाईयो रातो मत्स्येन्द्रनाथको भोटो 

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, ११ जेठ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज ललितपुरमा देखाइएको छ ।

स्थानीय जावलाखेलमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीले भोटो अवलोकन गर्नुभयो । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाउनुभएको थियो ।

भोटो अवलोकनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल र प्रधानन्यायाधीश कार्कीलगायत उच्चपदस्थ अधिकारीलाई रातो मत्स्येन्द्रनाथका पुजारीले फूलप्रसाद टक्र्याउनुभएको थियो ।

भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायत मन्त्री, सांसद र सरकारी अधिकारी पनि जावलाखेलमा उपस्थित हुने परम्परा छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका विषयमा दुई व्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथालाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ ।

काठमाडौँ उपत्यकाका सबै मानिस भोटो जात्रा हेर्न एवम् दसी प्रमाणसहित दाबी गर्ने उद्देश्यले जावलाखेलमा जम्मा हुन्छन् भन्ने विश्वासमा यस दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन पहिलेदेखि बसेको हो ।

यो जात्रा वरदेवको शासनकाल विसं ६६२ देखि सुरु भएको विश्वास गरिन्छ । अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याउने राजा गुणकामदेवका नाति, नरेन्द्रदेवका छोरा वरदेवको पालादेखि भोटो देखाउने जात्रा सुरु भएको भोटो देखाउने जात्राको साइत हेर्ने ज्योतिषी परिवारका सदस्य एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीको भनाइ छ ।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्न सुरु गरिन्छ । पहिलो दिन रथ गाबहालसम्म पु¥याइन्छ । गाबहालदेखि रथ मङ्गलबजारसम्म पु¥याइने गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख आचार्यले राससलाई जानकारी दिनुभयो ।

यसपछि मङ्गलबजारबाट रथ तानेर सुन्धारासम्म पु¥याइन्छ । एक दिन रथ सुन्धारामा राखेर अर्को दिन चक्रबही लगिन्छ । चक्रबहीबाट रथ तानेर लगनखेलमा पु¥याइन्छ । रथलाई लगनखेलमा एक दिन राखेर महाबलिसहित पूजा गरिन्छ । रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ । राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार ४०० वर्ष घि मत्स्येन्द्रनाथलाई ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ ।

यसरी सुरु भएको थियो भोटो देखाउने चलन
त्रिलोक भ्रमण सकी सप्ताग्रामका लागि पश्चिम गमन यात्रा अनुसार ललितपुरको थति टोलमा साइत जुराई रथलाई जाउलाखेलको छ्वासा कामना खाडलमा राखी चार दिन पछि भोटो देखाउने प्रचन छ

तौदहको नागराजाका महारानी आखा दुख्ने रोगले ग्रस्त थियो । नागका जोत्सिले मनुष्य लोकमा राम्रो जोतिस भएको र उसै ले निको पर्नसक्ने भने पछी दरवार का दुत नाग मनुष्य रुपमा जोशी लाइ लिई तौदः भित्र को दरवारमा पुगे केहि समय पछि निको पारे ।

राजा खुसि भएर आअफ़ु नाग को राजा भएको सुनाए , बहुमुल्य हिरा रत्न जडित भोटो उपहार दिए र सकुसल दह भन्दा माथि पुर्याए । तर सो जोतिशी आफ्नो घर फर्किने क्रममा हिड्दै गर्दा अर्का ब्येक्तिले सो भोटो आफ्नो भनी दाबि गर्दै बिबाद गरे । पछि समस्या राजाको मा पुग्यो ।
राजाले बिन्यो ुु प्रमाण देखाऊ ुु जोशीले नागराजाले उपहा दिएको सुनाए तर सबै हासे पत्यानन अर्का ब्येक्तिले पनि उचित प्रमाण दिन सकेन तसर्थ सोहि दिन देखि प्रत्येक बर्ष कोहो संग सप्रमाण भए भोटो दावी गर्न जात्रानै चलाएको हो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ