कम्युनिष्ट पार्टीका सेक्रेटरी कञ्चनपुरबाट गिरफ्तार

कम्युनिष्ट पार्टीका सेक्रेटरी कञ्चनपुरबाट गिरफ्तार

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

दिया चन्द /कञ्चनपुर,११ जेठ ।

नेपाल कम्युनिष्ट पार्टीका कञ्चनपुर जिल्ला सेक्रेटरी अर्जुन दयाललाई प्रहरीले गिरफ्तार गरेको छ । बिहिबार सादा पोशाकमा सुडास्थित घरमै पुगेको प्रहरीले दयाललाई बिना पूर्जी पक्राउ गरेको सो पार्टीले इमान्दार मिडियालाई बतायो ।

आफ्नै गाउमा स्थानीय दलित सामुदायको घर निर्माण गरिरहेका बेला एकाएक सादा पोशाकमा आएको प्रहरीले दयाललाई बिना कारण पक्राउ नेकपा कञ्चनपुरका इन्चार्ज अग्निले विज्ञप्तिमार्फत बताएका छन् ।

‘ हाम्रा पार्टी कञ्चनपुरका सचिव क. अर्जुनलाई बिना कारण, पक्राउ पूर्जीबिना सादा पोशाकमा आएका प्रहरी समूहले स्थानीय दलित सामुदायको घर निर्माण गरिरहेका बेला गिरफ्तार गरेको छ ।

बिना कारण गिरफ्तार गरेको कारण के हुनसक्छ ? यो सरासर स्थानीय सरकारको दादागिरी हो ।’ इन्चार्ज अग्निले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले आफ्ना नेतालाई तत्काल रिहा गर्न माग गर्दै प्रशासनले यसरि नेता कार्यकर्ता पक्राउ गर्नु भनेको अमानवीय र घृणित कार्य हो भनेका छन् । बिना कारण गिरफ्तार गरिएका सेक्रेटरी दयाललाई तत्काल रिहा नगरिए कडा रुपमा त्यसको प्रतिवाद गर्ने उक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी भन्छ – अरु पनि लिस्टमा छन्

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने गत बैसाख ३१ मा नेकपाले गरेको नेपालबन्दका क्रममा एउटा गाडीमाथि तोडफोड आगजनी गरेको मुद्दा दर्ता भएको कारण उनलाई पक्राउ गरिएको जनाएको छ ।

‘नेपाल बन्दका क्रममा उहाँसहितको टिमले एक गाडीमा तोडफोड र आगजनी गरेको मुद्दा दर्ता भएको छ । त्यहि केशमा उनलाई गिरफ्तार गरिएको हो । ‘ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी भिम दाहालले इमान्दार मिडियासँग भने । डिएसपी दाहालले दयालसहित थप केहीको नाममा समेत मुद्दा दर्ता भएको भन्दै अन्यको खोजीकार्य भइरहेको पनि बताए ।

हेर्नुहोस् विज्ञप्ति ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ