११ जेठ, काठमाडौं ।सबैको चासो र चर्चामा रहेको भरतपुर महानगरको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
अन्तिम चरणमा आउँदा पछि परेकी कांग्रेस–माओवादी उम्मेदवार रेणु दाहालले आफ्नो मतान्तरण घटाउँदै लैजानुभएको छ ।
भरतपुर महानगरमा अहिले १ हजार ४ सय ८८ मतान्तर रहेको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३१ हजार ६ सय ४ मत ल्याउनुभएको छ भने उहाँका निकत्म प्रतिष्पर्धी रेणु दाहालले ३ हजार १ सय १६ मत ल्याउनुभएको छ ।
अब मत गणाना हुन वडा नम्बर १६ देखि वडा नम्बर २४ सम्म रहेको छ ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३३ हजार ६ सय ३ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २८ हजार ६ सय १५ मत ल्याउनुभएको छ ।
यस्तै काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यले १४ हजार ५ सय ४ मतले अग्रता लिनुभएको छ । आफ्ना प्रतिष्पर्धीलाई निकै पछाडि पार्दै भारी मतले अग्रता लिइरहनुभएकाले उहाँ बलियो उम्मेदवार बन्दै जानुभएको हो ।
नेकपा एमालेका तर्फबाट मेयर उम्मेदवार बन्नुभएका शाक्यले ५० हजार २ सय ४७ मत ल्याउनुभएको छ भने उहाँका निकतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३५ हजार५ सय २ मत ल्याउनुभएको छ । काठमाडौं महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेपनि गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका १ लाख ७२ हजारले मात्र मदादान गरेका थिए ।
काठमाडौं महानगरमा तेस्रो स्थानमा विवेकशील पार्टी रहेको छ । विवेशीलकी रञ्जु दर्शनाले १८ हजार २ सय ९२ मत ल्याउनुभएको छ । त्यस्तै साझा पार्टीका उम्मेदवार किशोर थापाले १४ हजार ९ सय ५० मत ल्याउनुभएको छ ।
उता पोखरा महानगरमा पनि एमालेको अग्रता कायम राखेको छ ।


