जनजाति र दलित विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम

जनजाति र दलित विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

कञ्चनपुर, ११ जेठ । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम आजदेखि सञ्चालन गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाको आर्थिक सहयोगमा दलित र आदिवासी जनजाति सञ्जालको पहलमा कम्प्युटर तालिम सञ्चालन गरिएको हो । तालिममा जनजाति र दलितका गरी ३० छात्रा र १० जना छात्रको सहभागिता रहेको छ ।

स्थानीय कम्प्युटर इन्स्टिच्युटसँग समन्वय गरी तालिम दिने व्यवस्था मिलाइएको दलित सञ्जालका संयोजक शिवी लुहारले बताउनुभयो । आधुनिक युगमा कम्प्युटरको महत्व बढ्दै गएकाले अवसरबाट वञ्चित समुदायका बालबालिकाले तालिमपश्चात् रोजगारी पाउनमा सहजता हुने उहाँले बताउनुभयो ।

नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले तालिमपश्चात् सिकेका सीपलाई व्यवहारमा उतारे मात्रै नगरपालिकाको लगानी सदुपयोग हुने बताउनुभयो । यसैगरी, आजैदेखि महिलाका लागि नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षासमेत सञ्चालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी