महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी

महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी

  • बिहिबार, जेष्ठ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

पोखरा, ११ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको २६ र २९ नं वडामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

महानगरको २६ नं वडाको अध्यक्षमा एमालेका नारायणप्रसाद बराल दुई हजार १३० मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुरारी शर्माले एक हजार ५८६ मत प्राप्त गर्नुभयो ।

वडाको महिला सदस्यमा मुरली थापा, दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा, खुला सदस्यद्वयमा रामकृष्ण जिसी र खड्कबहादुर रानाभाट विजयी बन्नुभएको छ ।

यस्तै वडा नं २९ को अध्यक्षमा एमालेकै चेतबहादुर गुरुङ एक हजार ४४८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी दीपकमणि भण्डारीले एक हजार २२३ मत प्राप्त गर्नुभयो ।

वडाको महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा मनकुमारी सुनार, खुला सदस्यद्वयमा थलबहादुर पाण्डे र हेमबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ