काठमाडौ ,११ जेठ ।
पहिलो चरणमा गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचन अन्तरगत तीन ओटै महानगर काठमाडौ, भरतपूर र पोखरा लेखनाथमा नेकपा एमालेको अग्रता कायम छ ।
काठमाडौ र पोखरा महानगरमा एमाले जीत नजिक पुगेको छ । तर भरतपूर महानगरपालिकामा भने नेकपा माअोवादीसँग तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार भरतपूरमा एमालेका देवी ज्ञवालीले १ हजार सात ४९ मतको अग्रता लिनुभएको छ ।भरतपुरमा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मदेवार रेणु दाहालवीचको मतान्तर साँघुरिन थालेको छ ।
पछिल्लो परिणाम अनुसार वडा नं २५ मा माओवादीका वडाध्यक्ष विजय भुजेलले जित हात पारेका छन् । तर, वडा सदस्यमा भने एमालेले जितेको छ ।मंगलबार साँझसम्म देवी र रेणुको मतान्तर ३८ सयको हाराहारीमा थियो । बुधबार बेलुका सम्म यो मतान्तर थप साँघुरिएर २१ सयमा झरेको थियो । विहीबार बिहानसम्म आइपुग्दा एमाले र माओवादीका मेयर उम्मेदवारको मतान्तर १७४९ मा समेटिएको छ ।
वडा नं २५ को मतगणना गरिसक्दा मेयर पदका प्रत्यासी एमालेका देवी ज्ञवालीले ३०६८२ मत पाएका छन् भने रेणु दाहालले २८९३३ मत पाएकी छिन् ।
अब वडा नं १५ देखि २४ सम्म मत गणना हुन बाँकी छ ।उपमेयरमा ३२ हजार १ सय ५९ मतका साथ नेपाली कांग्रेसका पर्वती शाह शिर्ष स्थानमा कायम छ ।
यता काठमाडौ महानगरपालिकामा ३२ वडा मध्ये अहिलेसम्म १९ वटा वडाको मतगणना सम्पन्न भएको छ । अन्यको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्य ४९ हजार ८ सय ५४ मत सहितका अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसका राजुराज जोशीले ३५ हजार ३ सय ५० मत पाउनु भएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ शिर्ष स्थानमा हुनुहुन्छ । खड्गीले ४५ हजार ९ सय ५८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी राप्रपाका राजाराम श्रेष्ठले २७ हजार ८१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै पोखरा लेखनाथ महानरपालिकामा पनि नेकपा एमालेको नै अग्रता कायम छ । हालसम्मको गणना अनुसार एमालेका मान बहादुर जिसीले ३३ हजार ८ सय ३२ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका रामजी कुँवरले २७ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकै मन्जु गुरुङ ३२ हजार ३३ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका सरस्वती गुरुङले २५ हजार ९ सय १० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।