११ जेठ,काठमाडौैं ।
मुलुकमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने हुन लाग्दा काग्रेस सभापति शेरबहादुर देउवा सरकारमा माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व कसले गर्ला भन्ने पनि चाँसोको विषय बनेको छ ।
स्रोतका अनुसार ऊर्जामन्त्री प्रभाकरको नेतृत्वमा देउवा सरकारमा पठाउन तयारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । अाफ्नो सरकारका सफल मन्त्री भएका कारण काम चलाउ सरकारका प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको रोजाईमा प्रभाकर परेका हुन् । ‘लोडसेडिङ अन्त्य गरेर ठूलो काम गरेको कारण र देउवा नेतृत्वको सरकारमा गएर राम्रो काम गर्न सक्ने भएका कारण प्रभाकरलाई नेतृत्व दिने तयारी भइरहेको छ’ स्रोतले भन्यो ।
स्रोतका अनुसार प्रभाकरलाई सरकारको नेतृत्व नदिन माओवादी केन्द्रकै नेताहरु लागि परेका छन् । देउवा-प्रचण्डको सहमतिअनुसार दोस्रो वरियताको गृहमन्त्रीसहितको उपप्रधानमन्त्री माओवादी केन्द्रको हुने भएका कारण प्रभाकरलाई रोक्न केही नेताहरुले प्रचण्डसँगै छलफल सुरु गरेका छन् । तर, अहिलेसम्म प्रचण्ड प्रभाकरलाई नै सरकारको नेतृत्व दिने मुडमा भएको बताइएको छ ।
माओवादी केन्द्रका एक नेताका अनुसार अर्थमन्त्री कृष्णबहादुर महरालाई गृहसहित उपप्रधान दिएर सरकारमा पार्टीको नेतृत्व गर्नु पर्ने भन्दै लविङ सुरु गरेका छन् ।
उता मन्त्री प्रभाकर भने अाफूलाई काम गर्ने अवसर दिए जहाँ पनि गर्ने तर पदको लागि मरिहत्ते नगर्ने बताउँछन् । ‘पार्टीले काम गर्ने अवसर दिए जुनसुकै ठाउँमा जान तयार छु तर मन्त्री पदको लागि हरिहत्त गर्दिन’ प्रभाकरले भने । उनले ऊर्जा क्षेत्रमा भएको सफलतालाई संस्थागत गर्न केही समय बाँकी रहेको समेत बताए ।
ऊर्जा क्षेत्रमा जस्तै बेथिति यातायात क्षेत्रमा पनि भएका कारण प्रभाकरलाई यातायात मन्त्रालय दिनु पर्ने पक्षमा छन् ।