काठमाडौ ,११ जेठ ।
व्यवस्थापिका संसदमा आज सरकारले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।
अपरान्न ४ बजेपछि बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अबरोधका कारण प्रि बजेटमाथिको छलफल बिना नै निति तथा कार्यक्रम आउन लागेको हो ।
यसका लागि सरकारले सबै तयारी गरेको जनाएको छ ।
यसअघि बुधबार बोलाइएको संसद बैठक भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण सञ्चालन हुन सकेन । एमालेले बैठक चल्न नदिने अडान राखेपछि बैठक बिहीबार चार बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।
निर्वाचन आचार संहिताका कारण यो पटक अघिल्लो आर्थिक वर्षका कार्यक्रमलाई नै बजेटमा समावेश गरिएको छ । नयाँ कार्यक्रम ल्याउन नमिल्ने प्रतिपक्षी दलको अडान र निर्वाचन आयोगको सुझावपछि सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको हो ।
स्थानीय तहको संख्य थप गर्ने विषयमा विरोध जनाउदै यसअघिका संसद बैठक लगातार अवरोध गर्दै आएको एमालेले निति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि आजको बैठक भने अवरोध नगर्ने जनाएको छ ।
१५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।