वडाका गल्लीगल्लीमा बत्ती मर्मत गर्दै हिँड्ने यमलाल सोहि वडाको अध्यक्ष

वडाका गल्लीगल्लीमा बत्ती मर्मत गर्दै हिँड्ने यमलाल सोहि वडाको अध्यक्ष

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चितवन, १० जेठ । केही दिनअघिसम्म वडाका गल्लीगल्लीमा भर्याङ बोकेर सडक बत्ती मर्मत गर्दै हिँड्नु हुने यमलाल कँडेल अहिले यहीँ वडाको अध्यक्ष हुनुभएको छ । भरतपुर महानगरपालिका–९ का नवनिर्वाचित अध्यक्ष कँडेल कुनै बेला यहीँ वडाको कार्यालय सहयोगी हुनुहुन्थ्यो ।

उहाँ आर्थिक सम्पन्न भएर वडा अध्यक्ष बन्नु भएको पनि होइन । पार्टीका कतिपय नेताले निर्वाचनमा पैसा खर्च गर्न सक्दैन भनेर टिकट दिन आनाकानी गरेका थिए । उहाँले नेतालाई जवाफ दिनुभयो, “पैसा खर्च गर्न नसके पनि चुनाव जितेर देखाउँछु ।”

विसं २०२३ मा बागलुङको बिउँमा जन्मिनु भएका कँडेलको परिवार २०२६ सालमा चितवन झरेको हो । १३ वर्षको उमेरमा बुबा गुमाउनु भएका कँडेलमाथि आफ्ना दुई भाई, दुई बहिनी र आमाको पालनपोषण र शिक्षादिक्षा गर्ने जिम्मेवारी पनि थपियो ।

बाल्यकाल निकै कष्टपूर्ण बिताउनुभएका कँडेलले भन्नुभयो “बुबाको स्वार्गारोहणपछि हाम्रो बाल्यकाल निकै कष्टपूर्ण बित्यो ।” त्यतिमात्रै होइन, पहिलेदेखि नै कँडेलले अर्काको जमिन अधियाँ र ठेक्कामा कमाएर परिवार पाल्दै आउनुभएको थियो । घरमै पुगेका पत्रकारसँग उहाँले खुलेर भन्नुभयो “अहिले पनि म एक बिगाहा अर्काको जग्गा कमाइरहेको छु ।”

नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बन्नु भएका उहाँले एक हजार ५३५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तलाल गुरुङले एक हजार १२२ र (माओवादी केन्द्र)का ज्ञानकुमार श्रेष्ठले ५८१ मत प्राप्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ