मतपत्र च्यतिएपछि गणना स्थगित

मतपत्र च्यतिएपछि गणना स्थगित

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

धनगढी, १० जेठ ।  कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ ।

आज मतगणना भइरहँदाभित्र प्रवेश गरेको एक समूहले मतपत्र च्यातेपछि मतगणना स्थागित गर्नुपरेको निर्वाचन समितिका श्यामराज जोशीले बताउनुभयो ।
मतपत्र च्यातेको आरोपमा प्रहरीले नेविसङ्घका केही विद्यार्थी नेतालाई पक्राउ गरेको छ । मत गणनामा अनेरास्ववियुका सभापति उम्मेदवारले अग्रता लिइरहदा मतपत्र च्यातिएको जनाइएको छ ।

सात नम्बर प्रदेशको सबै भन्दा ठूलो र झन्डै चार हजार विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पसमा मङ्गलबार स्ववियुको निर्वाचन भएको थियो । क्याम्पसमा यसअघि गत फागुनमा स्ववियुको चुनाव हुन सकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ