दोस्रो चरणको निर्वाचनमा पनि पार्टीका उम्मेदवार जिताउन एमालेको जोड

दोस्रो चरणको निर्वाचनमा पनि पार्टीका उम्मेदवार जिताउन एमालेको जोड

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ, १० जेठ ।

नेकपा एमालेले दोस्रोचरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।

धुम्बाराहीमा बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको हो ।

बैठकले नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम तथा सबै स्थानीय तहका उम्मेदवारको नामावली छिटो पार्टीको केन्द्रीय कार्यालयमा पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी, निर्वाचनमा विजयी हुनुका पाँच आधार र निर्वाचनमा पराजित हुनुका पाँच कारण, निर्वाचनका क्रममा प्रशासनको भूमिका, पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव लेखेर पठाउन पनि निर्देशन दिएको उहाँले बताउनु भयो ।

बैठकले नेपालको संविधान अनुरुप गठन हुने जिल्ला समन्वय समिति र गाउँ तथा नगरकार्यपालिकामा सदस्यको मनोनयनका निम्ति तत्कालै आवश्यक प्रबन्ध गर्न सम्पूर्ण मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ