प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, जेठ १० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्दैहुनुहुन्छ । प्रधानमन्त्री दाहालले आफ्ना सम्बोधनका क्रममा पदबाट राजीनामाको घोषणा गर्नसक्ने बताइएको छ ।

प्रधानमन्त्रीले संसदको बैठकलाई सम्बोधन गरेर राजिनामा दिने तयारी गरेपनि पनि एमालेले संसद बैठक चल्नै नदिएपछि सिंहदरवारबाटै राष्ट्रका नाममा संबोधन गर्न लाग्नुभएको हो ।

संबोधनमा उहाँले आफ्नो कार्यकालमा भएका कामको बिषयलाई प्राथमिकता दिनुहुने जनाइएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनमा प्रधानमन्त्री बन्नुभएका दाहालले सोही समझदारी अनुसार पदबाट राजीनामा दिन लाग्नुभएको छ ।

आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी अनुरुप दाहाल गत १९ साउनमा कंग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्रीले राजीनामा दिएपनि नयाँ सरकार गठन हुन भने अझै केहिदिन लाग्नेछ ।

राजीनामा लगत्तै राष्ट्रपति भण्डारीले सहमतिका आधारमा सरकार गठनको प्रयास गर्न एकसाताको समय दिनुहुनेछ । त्यसपछि मात्र बहु्मतिय सरकार गठनको प्रयास हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ