सुचना टासेर संसद बैठक स्थगित

सुचना टासेर संसद बैठक स्थगित

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ, जेठ १० ।

व्यपस्थापिका संसदको बैठक आजपनि सूचना टाँसेर स्थगित भएको छ ।

संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री प्रचण्ड संसद पुग्नुभएको थियो । तर, तीन दलबीच सदन सुचारु गर्नेबारे सहमति जुट्न नसकेपछि संसद बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री प्रचण्डले तीन दलको बैठक बोलाएपनि एमाले अध्यक्ष केपी ओली सहभागी भएनन् । प्रमुख विपक्षी एमालेले स्थानीय तहको संख्या बृद्धिको विरोध गरेको छ र यो निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने बताएको छ ।
एमालेको चेतावनीपछि मंगलबारको संसद बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो । संसदको अर्को बैठक भोलि अपराहृन ४ बजेका लागि बोलाइएको छ ।

भोलि संसदमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ