सगरमाथाको चुचुरोमा फरफराउदै दलाई लामाको झण्डा ,कडा सुरक्षाकाबीच कस्ले पुर्यायो ?

सगरमाथाको चुचुरोमा फरफराउदै दलाई लामाको झण्डा ,कडा सुरक्षाकाबीच कस्ले पुर्यायो ?

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

१० जेठ, काठमाडौं ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आईतवार एक जना हिमाल आरोहीले दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरिसकेको छ ।

भारतमा निर्वा्सित तिब्बतीयन धर्म गुरु दलाई लामाका समर्थकले सगरमाथाको चुचुरोमा पुगेर झण्डा फर्फराएको रिर्पोट आएपनि झण्डा लैजाने व्यक्ति तिब्बतियन नागरिक हुन् वा नेपाली हुन् भन्ने खुलेको छैन ।

उक्त झण्डा अहिले पनि सगरमाथाको चुचुरोमा फर्फराइरहेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । झण्डासँगै चुचुरोमा दलाई लामाका फोटो समेत राखिएको छ । सरकारी निकायहरुले उक्त झण्डा हटाइदिन सगरमाथा चढिरहेका हिमाल आरोहीहरुलाई आग्रह गरेका छन् ।

अहिले यस विषयमा छानविन भइरहेको जानकारी दिदै पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नेपालकै संयन्त्रबाट त्यस्तो सूचना सरकारलाई आएको र उक्त कार्यमा संलग्नको खोजी भइरहेको बताउनु भयो ।

हरेक हिमाल आरोहीको हिमाल चढ्नुअघि सुरक्षा जाँच हुने भएकाले पर्यटन विभागले उक्त झण्डा र तस्वीर कसरी सर्वोच्च शिखर सगरमाथासम्म पुग्यो भन्नेबारे आश्चर्य प्रकट गरेको छ ।

तोकिएको भन्दा बाहेक अन्य घातक वा गैरबानूनी वस्तुहरु लान नपाउने नियम रहेकाले विभागले अहिले सगरमाथाको आधार शिविरमा सुरक्षा जाँच कडा गरेको छ । घटनामा संलग्नलाई पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

नेपाल सरकारले सगरमाथाको उत्तरी मोहडा हुँदै तिब्बती क्षेत्रबाटै सगरमाथाको शिखरमा झण्डा र्पुयाइएको हुन सक्ने पनि आशंका गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ