बुद्धमूर्ति निर्माणको डिपीआर तयार

बुद्धमूर्ति निर्माणको डिपीआर तयार

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

दमक, १० जेठ । झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले अन्तिमरुप पाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले प्रस्तावित उक्त योजनाको डिपिआर तयार भएर बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा भनिएको भन्दा आयोजनाको लागत अनुमान बढ्ने देखिएको जानकारी दिनुभयो ।

डिपिआरअनुसार बुद्धमूर्ति पार्क निर्माणमा रु १७ अर्ब ९५ करोड खर्च लाग्ने नगरपालिकाले जनाएको छ । दमक–३ मा १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति निर्माण हुनेछ ।

अधिकृत दाहालले बुद्धको मूर्ति ५४२ फिट अग्लो हुने र आयोजनाको निर्माण आवश्यक प्रक्रिया जेठभित्रै सुरु गर्ने जानकारी दिनुभयो । आयोजना छ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

आयोजनाभित्र करिब २० बिगाहाको पार्क हुनेछ भने बुद्ध मूर्तिको आकृति हेर्न एक बिगाहाको पोखरी निर्माण गरिनेछ । त्यहाँ स्तुपा, गुम्बा, बौद्ध विश्वविद्यालय, ध्यान केन्द्र, सपिङ मल, अस्पताल, धर्मशालालगायतका संरचना निमाण हुने अधिकृत दाहालले बताउनुभयो ।

आयोजना निर्माण सम्पन्न भए मुलुकको पूर्व क्षेत्रमा मात्र लाखौँ पर्यटक भित्रिने र त्यसबाट हजारौँले रोजगारी पाउने जनाउनुभयो ।

दाहालका अनुसार थाइल्यान्ड, जापान र दक्षिण कोरियाका सरकार तथा उद्योगीले निर्माण गर्ने इच्छा देखिएका छन् । उहाँले यही जेठभित्र आयोजनाको प्रारम्भिक चरणका काम थालनी हुने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ