व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, जेठ १०।
व्यवस्थापिका संसदको बैठक आजका लागि पनि बोलाइएको छ । प्रमुख प्रतिपक्षी एमालेले विरोध गरे पछि स्थगित भएको बैठक विहान ११ बजे नयाँबानेश्वर स्थित संसद भवनमा बोलाइएको छ ।

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयको विरोधमा एमालेले सदन चल्न नदिने बताए पछि हिजोको संसदद बैठक स्थगित भएको हो । एमालेको विरोधपछि संसदलाई संबोधन गर्दै पदबाट राजीनामा दिने प्रधानमन्त्रीको तयारी समेत अलमलमा परेको छ ।

प्रधानमन्त्री दाहालले पूर्व सहमति अनुसार कंग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता नेतृत्व हस्तान्तरण गर्ने तयारी गरे पनि एमालेले वर्तमान सरकारले नै दोस्रो चरणको निर्वाचन गराउनु पर्ने बताउदै आएको छ ।

संसद चल्न नसके पछि बजेट माथिको पूर्व छलफल समेत प्रभावित बनेको छ । आज बैठक अघि प्रमुख दलहरुले सहमतिको प्रयास गर्दै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ