पछिल्लो मतपरिणाम : तीन महानगरका कहाँ को अगाडि ?

पछिल्लो मतपरिणाम : तीन महानगरका कहाँ को अगाडि ?

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमान्डौ ,जेठ १० ।
पहिलो चरण अन्तर्गतको गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको काठमान्डौ महानगर सहित तीन महानगर लगायत ७ स्थानीय तहको मतगणना प्रक्रिया जारी छ ।

चार महानगरपालिका मध्ये ललितपुर महानगरपालिकाको भने मत परिणाम सार्वजनिक भएको छ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कंग्रेसका चिरीबाबु महर्जन विजयी हुनु भएको छ । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई ३ सय ६५ मतअन्तरले पराजित गर्दै महर्जन विजयी हुनु भएको हो ।

महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्नु भएको थियो । एमालेका व्यञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गर्नु भएको थियो । ललितपुर महानगरपालिकाको उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल विजयी हुनु भएको छ । उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५ सय ७९ मत अन्तरले हराउनु भएको हो ।

उपमेयर निर्वा्चित गीता सत्यालको पक्षमा १९ हजार ८ सय १९ मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत ल्याउनु भएको थियो । एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १० हजार ५ सय ४७ मत प्राप्त गर्नू भयो । ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् ।

यस्तै काठमाडौसहित भरतपूर र पोखरा लेखनाथ महानगरमा नेकपा एमालेको अग्रता कायम छ । पछिल्लो मतपरिणाम अनुसार काठमान्डौमा नेकपा एमालेका विद्या सुन्दर शाक्य ४४ हजार ३ सय २१ मत सहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँको प्रतिद्धन्द्धि नेपाली कंग्रेसका राजुराज जोशीको ३० हजार ९ सय ७० मत रहेको छ ।

विवेकशील नेपाली पार्टीकी रन्जु दर्शनाले १६ हजार ६१ मत प्राप्त गर्नु भएको छ । उता भरतपुर महानगरपालिकामा पनि एमाले नै अग्र स्थानमा रहेको छ । एमालेका देवि ज्ञवालीले २७ हजार ४ सय ३६ मत ल्याइ अग्रस्थानमा हुनुहुन्छ भने उहाँको प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रका रेणु दाहालले २४ हजार ३ सय १४ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा नेपाली कंग्रेसका पार्वती शाहले २७ हजार ५ सय ७३ मत ल्याउनु भएको छ । उता पोखरा महानगरपालिकामा पनि एमाले नै अग्र स्थानमा रहेको छ । महानगरको मेयरमा एमालेका मानबहादुर जिसी ३५ हजार ८ सय ४६ मतसहित शिर्ष स्थानमा रहँदा कांग्रेसका रामजी कुँवरले २९ हजार ४ सय २६ मतसहित पछ्याइरहनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ