रबिन्द्र यादव / नवलपरासी ,९ जेठ ।
राष्टिय जनता पार्टी नेपाल को पार्टी प्रबेश कार्यक्रममा बोल्दै राष्टि्य जनता पार्टी नेपालका बरिष्ठ नेता एव पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रि हृदयेश त्रिपाठीले मधेशको समस्या सामाधान नभए अबको अान्दोलन सर्जिकल स्ट्राइक मा हुने बताउनु भएको छ । विगतको अान्दोलनमा सरकारले पटकपटक उदारसिन्ता देखाएकोले अबको तराई मधेस अान्दोलन उग्र रुपमा हुने दाबी गर्नु भएको छ ।
नेता त्रिपाठीले पार्टी प्रवेश कार्यक्रमको प्रमुख अथित्यतता मा बोल्दै संविधान शंसोधन,जनसंख्याको आधारमा स्थानिय तह निर्माण , मधेस अान्दोलनमा शहिद भएकाहरु लाई सहिद घोषणा र कार्यकर्ताहरुमाथी लगाईएको मुद्दाहरु फिर्ता नभए सम्म कुनै हालतमा अाफ्नो पार्टी स्थानीय निर्वाचनमा भाग नलिने बताउनु भएको थियो ।
यदि सरकारले जबर्जस्ती सेनाको बलमा मधेसमा निर्वाचन गराउन खोजे चुनावको बहिस्कार होइन त्यसको प्रतिकार गर्न मधेशी जनता तयार रहेको बताउनु भयो साथै वहाले हामीले बसेर किर्तन गाएर बस्ने छैनौं भन्नू भयो ।
अाइबार दिपक मा.वि. पक्लिहवामा अायोजना गरिएको पार्टीमा कार्यकर्ता प्रवेश कार्यक्रममा बोल्दै वर्तमान सरकार अविलम्ब मधेसी, थारु जनजाति अादिवासी, महिला , मुस्लिम पिछडिएको वर्गको माग संबोधन संविधानमा नगरे देश गृह युद्धमा फस्ने संभावना बढदै गइरहेकोमा चिन्ता समेत गर्नु भयो सो कार्यक्रममा करिब सय भन्दा बढि कार्यकर्ता नेपाली काङ्ग्रेस नेकपा एमाले गरि विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका थिए ।