माल्कोट हत्यकाण्डबारे प्रतिवेदन सार्वजनिक: स्थलगत रिपोर्ट यसो भन्छ !

माल्कोट हत्यकाण्डबारे प्रतिवेदन सार्वजनिक: स्थलगत रिपोर्ट यसो भन्छ !

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ९ जेठ ।
मानवअधिकारकर्मीहरुले निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनैतिक दलका उम्मेद्वार, प्रतिनिधि र कार्यकर्ताहरूबीचको आवश्यक समझदारी र घटनालाई साम्य गर्नका लागि उचित समन्वय नभएकै कारण मालकोट घटना भएको निश्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
अधिवक्ता एकराज भण्डारीको संयोजकत्वमा सह–प्राध्यापक तथा अधिवक्ता डा. गोपाल सिवाकोटी ‘चिन्तन’, इन्सेक प्रतिनिधि कालीबहादुर मल्ल, अधिवक्ता लिलाधर मरासिनी ,पत्रकार दिया चन्द लगायतको टोलीले माल्कोट पुगेर तयार अध्ययनपछि तयार प्रतिवेदन आज राजधानीको संबाद डवलीमा सार्वजनिक गर्दै उचित समन्वयको अभावमा उक्त घटना घटेको जनाएको छ ।
निर्वाचनमा के कसरी सहभागी हुने वा नहुने, कसैलाई मतदान गर्ने वा नगर्ने वा मौन रहने वा शान्तिप“र्ण रूपमा क’नै निर्वाचन, मतदान वा उम्मेद्वारको विरोध गर्न पाउने नागरिक, मतदाता वा राजनैतिक दलको आधारभुत अधिकार लोकतन्त्रको स्थापित सिद्धान्त र मान्यताअन्तर्गत सर्वस्वीकार्य ह’ँदा समेत स्थानीय तहको निर्वाचनको सिलसिलमा राज्यबाट उक्त अधिकारमाथि निषेध गर्न खोजिएकोले माल्कोट घटना घटेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
“कुनै कारणले क’नै मतदान केन्द्र वा मतपेटिका स’रक्षित गर्ने सिलसिलामा शान्ति कायम गनर्’पर्ने आवश्यकता सिर्जना भएको अवस्थामा भिड नियन्त्रणका लागि गोली नै चलाउन’ पर्दा पनि सर्वप्रथम त्यस्तो क’नै भिड हटाउन वा नियन्त्रण गर्न कान“नत लाठी चार्ज, अश्र’ग्यास, पानीको फोहरा आदि प्रयोग गनर्’पर्ने ह’न्छ । त्यति गर्दासमेत भिड नियन्त्रण नभएको अवस्थामा मात्र हवाइफायर गर्नुपर्ने हुन्छ । गोली हान्नै पर्ने अवस्थामा पनि गोली चलाउन’भन्दा पहिले “यदि पछाडि हट्दैनौ भने गोली चलाइने छ” भनी चेतावनी दिएको पनि पाइँदैन । गोली पनि अन्धाध’न्ध ढङ्गले चलाएको देखिन्छ । गोली हान्नै पर्दा घ’ँडाम’निमात्र हान्न पाइने कान“नको समेत पालना गरेको देखिँदैन । टोलीले भेटघाट तथा छलफल गरेका सबै उम्मेद्वार, मतदाता र स्थानीय जनताको समेत यही बुझाई रहेको पाइएको छ । यसरी यस घटनामा यी सबै कान“नी प्रावधानहरूको ठाडो उल्लङ्घन भएको देखिन्छ .” – प्रतिवेदनमा भनिएको छ ।
मालकोट मतदान केन्द्रमा उत्पन्न जाली मतदान र त्ययसलाई बदर गर्नेसम्बन्धी विवाद प्रारम्भमा सामान्य नै देखिए पनि यसलाई संयमताप“र्वक वार्ता र संवादको माध्यमद्वारा सहजै समाधान गर्न सकिनेमा सो नगरी वातावरणलाई अनावश्यक रूपमा उत्तेजित बनाएको मानवअधिकारकर्मीह?ले बताएका छन । यस्तै मतदान केन्द्रमा उपस्थित नेपाली सेनाको भुमिका अत्यन्त संवेदनशील देखएिको प्रतिवेदनमा उल्लेख छ ।
“यसमा सेना सम्प“र्ण घटनाभरि नै आत्मसंयमित रहेको देखिन्छ . यदि सेनाले संयमता नअपनाएको भए त्यहाँ ठुलो जनधनको क्षति ह’नसक्ने अन’मान गरिएको छ . अर्कोतर्फ, मतपेटिका बाहिर फालेर मतदान अधिकृत तथा कर्मचारी र प्रहरीहरू सबै भागेपछि गोली लागी मरणाशन्न अवस्थामा रहेका धन?प बटाला र अन्य घाइते तथा उनका परिवारहरूलाई सेनाले नै प्रारम्भिक हेरविचार र स्वास्थ्योपचारको व्यवस्था गरेको पाइएको छ .” – प्रतिवेदनमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ