पर्साको सुर्वणपुरबासिद्धारा नगरपालिका नबनाएको आक्रोसमा विद्यालय र यातायात बन्द

पर्साको सुर्वणपुरबासिद्धारा नगरपालिका नबनाएको आक्रोसमा विद्यालय र यातायात बन्द

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

वीरगन्ज,९ जेठ ।

पर्साको सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका घोषणा नगरेको भन्दै स्थानीयबासी र राजनीतिक दलका नेताकार्यकर्ताहरुले मङगलवार देखि अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द गर्नुका साथै यातायात पनि अवरुद्ध पारेका छन्।स्थानीयबासी र राजनीतिक दलका नेता कार्यकर्ताहरुले मङगलवार प्रदर्शन गर्दै प्रधानमन्त्री सहित मुख्य दलका शीर्ष नेता र सांसदहरुको पुत्ला दहन पनि गरेका छन्।

सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले तराई मधेसका जिल्लामा २२ वटा स्थानीय तहको संख्या थप गर्दै केही गाँउपालिकालाई मात्रै नगरपालिका बनाएको भन्दै स्थानीयबासी र दलका नेता कार्यकर्ताहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन्।सरकारले सुर्वणपुर गाँउपालिकालाइ नगरपालिका बनाउनु सट्टा टुक्राउने षडयन्त्र गरेको स्थानीयको आरोप छ।सुर्वणपुर गाँउपालिकमा रहेका साविकका ठोरी, निर्मलवस्ती, सुवर्णपुर, महादेवपट्टी र सेढवा गाविसलाई समेटेर नगरपालिका बनाउनुपर्ने माग आफूहरुले राखिरहेको समयमा सरकारले त्यसको वेवास्ता गरी उल्टै सुवर्णपुर गाउँपालिकामा समावेश भएका केही गाविसलाई कटौती गर्ने प्रयास भैरहेकाले त्यसको विरोधमा प्रदर्शन गरिएको काँग्रेसका स्थानीय नेता विश्वराज घिमिरेले बताउनुभयो ।

सुर्वणपुर चोकमा स्थानीयबासी र दलका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एंव नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छेदार , पर्सा क्षेत्र नम्बर ४ का सांसद सुरेन्द्र प्रसाद चौधरी , पर्सा क्षेत्र नम्बर ५ का सांसद जय प्रकाश थारु र पुर्वसभासद रमेश रिजालको पुत्ला दहन गरेका हुन्।

उनीहरुले सुर्वणपुर गाँउपालिकामा रहेका सरकारी कार्यालय र विद्यालयहरु पनि मङगलवार देखि अनिश्चितकालका लागि बन्द गरेका छन्। मङगलवार बिहानै देखि प्रदर्शनमा उत्रिएका सुवर्णपुरका स्थानीय र दलका नेता कार्यकर्ताले सुवर्णपुर चोकको मूल सडकमा पाल टाँगेर सडक पनि अवरुद्ध पारेका छन्। उनीहरुले वीरगन्ज ठोरी रुट र सुर्वणपुरबाट ठोरी हुदै काठमाण्डौ चल्ने यात्रुवाहक बसहरु पनि चल्न दिएका छैनन्।

सरकारले सुवर्णपुर गाउँपालिकामा रहेका साविकका ५ वटा गाविस मध्ये सेढवालाई हटाएर ४ वटा गाविस महादेवपट्टी, सुवर्णपुर, निर्मलवस्ती र ठोरीलाई मिलाएर एउटा गाउँपालिका बनाउने तयारी गरिरहेकाले सुवर्णपुरवासी आन्दोलनमा उत्रन बाध्य भएको घिमिरेको भनाइ छ।

विरोध प्रदर्शनमा नेपाली काँग्रेसका विश्वराज घिमिरे, शम्भु पौडेल, नेकपा एमालेका मिन बहादुर ,नेकपा माओवादी केन्द्रका अष्ट बहादुर लोप्चन , राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रताप पाख्रिनको पनि सहभागिता छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ