उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य

उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ९ जेठ ।

नेपालको गरिबी उल्लेख्य रुपमा घटे पनि आर्थिक वृद्धिदर उच्च हुन नसकेको विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ ।

विश्व बैंकले आजसार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक उक्त प्रतिवेदनले नीतिगत बृहत् सुधारका कार्यक्रमले अर्थतन्त्रलाई उकास्ने औँल्याएको हो ।

उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको जनाईएको छ । पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा मानव पुँजी निर्माण, लगानीमैत्री नीति, विद्युत् उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सीपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर बढोत्तरीमा मद्दत पुग्ने प्रतिवेदनले सुझाएको छ ।

बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत व्यवधानको अन्त्य, आर्थिक वृद्धिका नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र जनतामा लगानी बढाउन सके आर्थिक वृद्धिको बाटामा अग्रसर हुन सकिने बताउनुभयो ।

खाडी मुलुक र मलेसियाका वैदेशिक रोजगारीबाट भन्दा अहिले नेपालमा नै रोजगारीका अवसर निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
भूकम्पपछिको पुनःनिर्माणलगायत नेपालमा कामका अवसर रहेका र थप रोजगारीका क्षेत्र सिर्जना गर्नुपर्ने सुझाव उहाँको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी