मधेशको समस्या सामाधान भए देशको समस्या सामाधान नेता: त्रिपाठी

मधेशको समस्या सामाधान भए देशको समस्या सामाधान नेता: त्रिपाठी

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

संजय कुशवाहा/नवलपरासी , ९ जेठ ।
राष्टिय जनता पार्टीको पार्टी प्रबेश कार्यक्रममा बोल्दै राष्टि्य जनता पार्टी नेपालका बरिष्ठ नेता एव पुर्व मन्त्रि हृदयेश त्रिपाठीले मधेशको समस्या सामाधान नभए देशको समस्या सामाधान नहुने बताउनु भयो।
नेता त्रिपाठीले संविधान शंसोधन,जनसंख्याको आधारमा स्थानिय तह ,शहिद घोषणा र कार्यकर्ताहरुमाथी लगाईएको मुद्दा फिर्ता नभए सम्म कुनै हालमा चुनाव संभव नरहेको बताउनु भयो!तराईको समस्या सामाधान नभए सम्म राष्टि्य जनता पार्टी नेपालले चुनावमा भाग नलिने यदि सरकारले त्यस बिपरित चुनाव गराउन चाहेमा चुनावको बहिस्कार र प्रतिकार गर्न मधेशी जनता तयार रहेको बताउनु भयो ! राष्टिय जनता पार्टी नेपाल पार्टी प्रबेश कार्यक्रम दिपक मा.वि. पक्लिहवामा सम्पन्न गरिएको थियो।
दिनेश यादवको अध्यक्षता तथा राष्टि्य जनता पार्टीका बरिष्ठ नेता एव पुर्व मन्त्रि हृदयेश त्रिपाठीको प्रमख अथित्यता रहेको थियो! सो कार्यक्रममा ,छबिलाल हरिजन,हैदर अलि मोबिन ,सुभान अलि अन्सारी,लखु यादव, बलवन्त यादव अंगद यादव, करम हुसैन अन्सारी , लगायतहरुले बोल्नु भएको थियो।
त्यस्तै बि भिन्न पार्टी परित्याग गरि करिब ११९ जनाले राष्टिय जनता पार्टीमा प्रबेश गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ