ठमेल र स्वयम्भूमा सवारी दुर्घटना , २ जनाको मृत्यु

ठमेल र स्वयम्भूमा सवारी दुर्घटना , २ जनाको मृत्यु

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ९ जेठ ।

स्वयम्भूस्थित हलचोकमा आज भएको सवारी दुर्घटनामा नुवाकोट, विदुर नगरपालिकाका ५० वर्षीय चेतनाथ भट्टको मृत्यु भएको छ ।

ना ५ ख ४८९६ नं को भाडामा चल्ने सार्वजनिक यातायातले आज बिहान पौने ८ बजे नुवाकोट घर भई हाल स्वयम्भू बस्ने भट्टलाई ठक्कर दिएको थियो ।
गम्भिर घाईते उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैबीच गएराति ठमेल नजिकै गल्कोपाखामा भएको सडक दुर्घटनामा नौ वर्षका दीपेश विकको मृत्यु भएको छ ।

नुवाकोट शिवपुर गाउँपालिका–२ स्थायी घर भई हाल कपुरधारा बस्दै आएका विकलाई बा २ ज २३४५ नं को ट्याक्सीले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारीसाधन तथा चालकलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ