धनुषा, ९ जेठ ।
जनकपुरबाट प्रहरीले वीरगन्ज २२ वर्षीय सुरज साह सोनारलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेको अवस्थामा सोनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।
वीरगन्ज उपमहानगरपालिका–१९ का सोनार बसेको होटलको कोठामा खानतलासी गर्दा उनको सुत्ने ओछ्यानको सिरानीमुनिबाट चार राउण्ड गोली लोड रहेको युएसए अटो पेस्तोल एक थान फेला परेको धनुषाका नायब प्रहरी उपरीक्षक मनोज यादवले बताउनुभयो ।
साह कुनै आपराधिक घटना घटाउने नियतले जनकपुरमा रहेको र उनी कुन प्रयोजनको लागि हतियार बोकेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline