बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी

बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौ, ८ जेठ ।
काठमाडौको बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी हुनु भएको छ । खरेल कांग्रेसका राजु श्रेष्ठलाई ३,४१९ मतान्तरले पराजित गर्दै मेयरमा विजयी हुनु भएको हो ।

खरेलले १३,३९६ मत प्राप्त गर्नुभएको छ भने श्रेष्ठले ९,२२७ मत पाउनु भएको छ । उपमेयरमा पनि एमालेकै रमा राई विजयी हुनु भएको छ । यो सँगै काठमाडौ महानगरपालिका बाहेक काठमाडौंका सबै नगरको मतगणना सकिएको छ ।

काठमाडौंमा १ महानगरसहित अन्य १० नगरपालिका छन् । १० मध्ये एमालेले ६ वटामा मेयर जितेको छ भने कांग्रेसले ४ वटामा जित हात र्पायो । बूढानीलकण्ठसहित शंखरापुर, कागेश्वरी, टोखा, तारकेश्वर र कीर्तिपुरमा एमाले विजयी भएको छ ।

गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकालीको मेयरमा भने कांग्रेसले जित हासिल गरेको छ । प्रमुख जितेका सबै नगरको उपमेयर पनि एमालेले नै जितेको छ ।

कांग्रेस विजयी भएका नागार्जुन र चन्द्रागिरिको उपमेयरमा पनि एमाले विजयी भएको छ । काठमाडौंमा माओवादी केन्द्रले भने प्रमुख पदमा कुनै पनि नगरमा जित हासिल गर्न सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ