काठमाण्डौ ,९ जेठ ।
व्यवस्थापिका–संसदमा आजबाट आगामी आर्थिक वर्ष २०७४/७५ को प्रिबजेटमाथि छलफल हुने भएको छ ।
आगामी वर्षको बजेटसँग सम्वन्धित विनियोजन विधेयक प्रस्तुत गर्नुपुर्व बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आजबाट छलफल गर्ने गरी सभामुख घर्तीले समय निर्धारण गर्नुभएको हो ।
संसदको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । सरकारले प्रिबजेटमाथिको सिद्धान्त र प्राथमिकतालाई समेटेर आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउने जनाएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने गरी तयारी गरिएको छ । राष्ट्रपति भण्डारीले सो दिन सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline