प्रचण्ड राजिनामा दिने तयारीमा , सत्तासाझेदार देखि प्रतिपक्षीसम्म सरकार परिवर्तनको विपक्षमा

प्रचण्ड राजिनामा दिने तयारीमा , सत्तासाझेदार देखि प्रतिपक्षीसम्म सरकार परिवर्तनको विपक्षमा

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ,९ जेठ ।

सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।

मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री दाहालले ब्यावस्थापिका संसदमा आज विशेष सम्बोधन गर्दै राजीनामा दिन लाग्नुभएको हो । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरिसकेको छ ।

पदबाट राजिनामा दिनु अघि प्रधानमन्त्री प्रचण्डले आज बिहान मधेशी मोर्चाका नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । छलफलमा मोर्चाको तर्फबाट थप कुनै माग नआए र परिस्थितिमा परिवर्तन नआए आज नै प्रधानमन्त्रीले राजीनामा दिने मनस्थिति बनाएको माओवादी प्रवक्ता पम्फा भुसालले बताउनु भयो ।

हिजोको पार्टी हेडक्वाटर बैठकमा प्रधानमन्त्रीले आफ्नो राजीनामाको विषयमा नेताहरूलाई जानकारी गराउदै सहज परिस्थीति बने आजै नभए भोली राजीनामा दिने बताउनु भएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।यस्तै प्रधानमन्त्री दाहालले हिजै काग्रेस सभापति शेरबहादुर देउवालाई समेत सोबारे जानकारी गराईसक्नुभएको छ ।

देउवासँगको छलफललगत्तै प्रधानमन्त्री र देउवाले संयुक्त रूपमा राजपा नेताहरूलाई संविधान संशोधन, स्थानीय तहको संख्या थपलगायतका विषयमा साझा प्रतिबद्धता जनाउँदै निर्वाचनमा सहभागी हुन र सरकारको अब बन्ने गठबन्धनमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले त्यसपछि साँझ नै मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको थियो । बैठकमा प्रधानमन्त्रीले अब सरकारको नेतृत्व विगतको सहमतिका आधारमा कांग्रेस सभापतिले गर्न लागेको संकेत पनि गर्नुभएको थियो ।

आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी अनुरुप दाहाल गत १९ साउनमा कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बन्नुभएको थियो ।

यसैबीच प्रधानमन्त्री दाहालले राजिनामा दिने भएपछि अब कसरी अघि बढ्ने भन्ने बिषयमा सत्तासाझेदार नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ ।

बैठकमा सरकार गठन ,दोस्रो चरणको निर्वाचनको तयारी लगायतका बिषयमा छलफल हुने जनाईएको छ ।

तर सभापति देउवालाई दोस्रो चरणको निर्वाचन अघि सरकारको नेतृत्व दाबी नगर्न काग्रेस भित्रैबाट दबाब आएके छ ।
काग्रेस नेता रामचन्द्र पौडेल पक्ष देखि डा शेखर कोईरालासहितका शिर्ष नेताहरुले नै तत्काल सरकार परिवर्तन गर्न नहुने अडान देउवासमक्ष राखेको नेताहरुले बताएका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि तत्काल सरकार परिवर्तनको विपक्षमा देखिएको छ । अहिले सरकारको नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ