१२७ सञ्चारमाध्यमका २०५ वटा सामग्रीहरु आचारसंहिता विपरीत प्रकाशन/प्रसारण

१२७ सञ्चारमाध्यमका २०५ वटा सामग्रीहरु आचारसंहिता विपरीत प्रकाशन/प्रसारण

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, जेठ ८ । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि अघि, मौनसमयावधि र निर्वाचन पश्चातको अवधि समेतको अनुगमनको क्रममा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन/प्रशारण भएको पाईएको छ ।

२०७४ बैशाख १५ गतेबाट निर्वाचन आचारसंहिता केन्द्रीत अनुगमन गरिरहेको काउन्सिलबाट जेठ ८ गते सार्वजनिक प्रतिवेदनअनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । जसअनुसार ६७ छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ वटा अनलाईनमा प्रकाशित/प्रसारित ६५ सामग्री,  ६ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लंघन गरेको पाईएको छ ।   ।

अनुगमनबाट आचारसंहिता उल्लंघन भएको देखिएको सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा ध्यानाकर्षण गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन पेश गरिएको छ । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले भन्नुभयो –“ निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार–प्रसार सभाको लाइभ प्रसारण गरिरहेको नवलपरासीको एक एफएम रेडियोलाई तत्कालै सचेत गराइएको र त्यस्तो प्रसारण रोकिएको छ, कतिपय अनलाइनमा देखिएका त्रुटीलाई तत्काल सच्याउन निर्देशन दिईएको छ, पत्रकार र मिडिया सम्वद्ध फेसबुकमाथिसमेत अनुगमन भै प्रतिवेदन तयार भएको छ, आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमलाई थप कार्वाहीको लागि प्रक्रिया अघि बढेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ