पछिल्लो मतपरिणम : भरतपुर र काठमाण्डौमा कडा टक्कर ,एमालेको अग्रता फराकिलो हुँदै(अपडेट)

पछिल्लो मतपरिणम : भरतपुर र काठमाण्डौमा कडा टक्कर ,एमालेको अग्रता फराकिलो हुँदै(अपडेट)

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, जेठ ८ । मुलुकका चार महानगरपालिकामध्ये तीनओटाको मेयरमा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ३१ हजार १ सय ६७ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले २२ हजार २ सय ८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले १२ हजार २ सय २१ मत प्राप्त गरेकी छन् ।

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले २१ हजार २ सय ७७ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १९ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।

यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले २२ हजार १ सय ४४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १९ हजार ७ सय ५७ मत प्राप्त गरेकी छन् ।

यसैगरी, पोखरा–लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

एमाले उम्मेदवार मानबहादुर जिसीले २२ हजार ३ सय २९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् । यहाँ स्थगित भएको मतगणना पुनः सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ