लेखनाथ महानगरपालिकामा मतगणना फेरि सुचारु

लेखनाथ महानगरपालिकामा मतगणना फेरि सुचारु

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पोखरा, जेठ ८ ।

पोखरा–लेखनाथ महानगरपालिकामा रोकिएको मतगणना फेरि थालिएको छ ।

प्रमुख निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका प्रतिनिधि सहभागी बैठकले विवादित वडा नम्बर–१७ को मतगणना यथास्थितिमा राख्दै अरु वडाको मतगणना सुरु गर्ने सहमति गरेपछि अहिले गणना भइरहेको छ ।

वडा नम्बर–१७ को मतगणनाको विवाद भने पछि टुंगो लगाइने सहमति भएको छ । यसअघि, मतगणना जारी राख्न निर्वाचन आयोगले निर्देशन दिएपनि नेकपा एमालेबाहेकका सबै दलले बहिस्कार गर्दै पुनः निर्वाचनको माग गरेका थिए ।

शनिबार साँझ मतगणनाकाक्रममा वडा नम्बर–१७ को मतपत्रमा फरक खालको स्वस्तिक छाप भेटिएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपालगायतका दलले मतगणना बहिस्कार गरेकाले गणना अवरुद्ध भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ