२ सय ७० स्थानको मतपरिणाम : कस्काे कति जित ? (अपडेट)

२ सय ७० स्थानको मतपरिणाम : कस्काे कति जित ? (अपडेट)

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, जेठ ८ ।  स्थानीय तह पहिलो चरणको निर्वाचनको मत परिणाममा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

मतगणनाको प्रारम्भमा देखिएको कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पष्ट भएको छ । अहिलेसम्म घोषित २ सय ७० स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय १५ स्थानमा जित हासिल गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले १ सय २ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जित दर्ता गरेको छ ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जित हात पारेका छन् ।

त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । परिणाम अनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ४२ स्थान र गाउँपालिकाको ७३ स्थान जितेको छ ।

नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७४ स्थान जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।

अब मतपरिणाम आउन बाँकी रहेका १३ स्थान मध्ये दुईमा आइतबार मात्र मतदान भएको छ भने मतगणना जारी रहेका ११ स्थान मध्ये ६ मा एमाले र ५ मा काँग्रेसले अग्रता लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ