इन्द्रावती गाउँपालिकामा मतपत्रभित्रै पैसा भेटिएपछि ………

इन्द्रावती गाउँपालिकामा मतपत्रभित्रै पैसा भेटिएपछि ………

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सिन्धुपाल्चोक , जेष्ठ ७ ।

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकामा मतपत्रभित्र पैसा भेटिएपछि विवादले मतगणना रोकिएको छ । इन्द्रावती गाउँपालिकाको वडा ८, ९, १० को मत गणना गर्ने क्रममा दस, पाँच, पचासका नोट भेटिएपछि विवादले मतगणना रोकिएको हो ।

शनिबार बेलुका र  आइतबार ११ बजे मतगणना गर्दा मतपेटीका भित्र पैसा भेटिएको थियो । कुनै मतदाताले झुक्किएर पैसाको नोट मतपेटीकामा खसालेको हुनसक्ने मतदान अधिकृतले अनुमान गरेका छन ।

आधा घण्टाको विवादपछि सबै दलको र निवार्चन अधिकृतको सहमतिमा पुन मतगणना सुचारु गरिएको थियो । असुरक्षित मतदान र मतगणना भएको उठेपछि त्यहाँ प्रहरी परिचालन बढाइएको छ ।

इन्द्रावती गाउँपालिकाका मतदान अधिकृत हरि बखतीकाअनुसार विवाद हाल सामान्य अवस्थामा आइसकेको छ । सबै गाउँपालिकाको मतगणना सकिएको र इन्द्रावतीको मात्रै बाँकी भएकाले मतगणनाको कार्यलाई तिव्रता दिइएको बखतीले बताए ।

‘नोटले विवाद सिर्जना गरेको थियो , अहिले मतगणना थालिसकेका छौं’, उनले भने, ‘वडा १०, ११,१२ को मतगणना थालिरहेका छौ ।’ उनले मतगणनाको कार्य चुस्त र सुरक्षित बनाउन कडा सुरक्षाको घेरामा मतगणना भइरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ