७ जेठ,काठमाडौं । गृहराज्यमन्त्री ईन्द्र बानियाँले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी भएको अारोप लगाएका छन् ।
‘एमाले अध्यक्ष केपी ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर चन्द्रमामा जानु हो भनेको कुरा सारा जगतलाई थाहा छ, यसले पनि के देखाउँछ भने ओली गणतन्त्र विरोधी हुन्’ मन्त्री बानियाँले शनिबार एक कार्यक्रममा भने । उनले अध्यक्ष ओलीको यस्तो प्रवृत्ति देखेर नै संविधान कार्यान्वयनको लागि प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेससँग नाता जोडेको बताए ।
मन्त्री बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेशका आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाको मागअनुसार नै सबै मुद्दा फिर्ता लिने बताए । ‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो’ उनले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline