श्रम रहेसम्म माक्र्सवादको औचित्य समाप्त हुदैन ः भुषाल

श्रम रहेसम्म माक्र्सवादको औचित्य समाप्त हुदैन ः भुषाल

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ७ जेठ । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताउनुभएको छ ।
शनिबार भएको साहित्य सन्ध्याको नियमित मासिक ३७३ औँ शृङ्खलामा द्विशताब्दिऔँ माक्र्स( सन् १८१८–१८८३ ) जन्मजयन्ती समारोह समितिका संयोजक भुसालले माक्र्सवादले समाजका सबै खाले विचार र विशेषज्ञतालाई जोड्ने काम गर्ने बताउँदै भन्नुभयो, “जबसम्म श्रम रहिरहन्छ तबसम्म माक्र्सवादको औचित्य कहिल्यै समाप्त हुँदैन, यो संसारमै सर्वव्यापी भइरहन्छ ।” नेपालमा माक्र्सको द्विशताब्दी समारोह समिति गठन गरी विचारविमर्श गरिँदैछ ।
गोष्ठीमा राम विनय, अतृप्त पाण्डेय, कणाद महर्षि, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, गोपाल नेपाल, नवराज श्रेष्ठ, रचना दाहाल, बलराम विष्ट, आनन्दराम पौडेल, पुण्य गौतम ‘विश्वास’, कुसुम शर्मा, नारायण निराशी, रूपक अलङ्कार र डा खेम दाहालले आआफ्ना कविता र गजल वाचन गर्नुभयो ।
वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक विष्णुप्रसाद ज्ञवालीले विचारसहितका र विचाररहित गरी दुई खालका कविता हुने बताउँदै विचाररहित कविताले कहिलेकाहीँ स्रोतामाझ प्रभाव पार्न त सक्छन् तर रूपान्तरणको सन्देश भने दिन सक्दैनन् भन्नुभयो । कविले बाँचेको युगचेतना, वैयक्तिकता, युगबोध र भविष्यबोध र बोधगम्यता कवितामा आउनु जरुरी रहेकामा उहाँले जोड दिनुभयो. ।
नियात्राकार पोषरमण चापागाईँले साहित्य सन्ध्यालाई प्राप्त नियात्रामध्येबाट एउटा उत्कृष्टलाई हरेक महिना रु एक हजार राशि पुरस्कार दिइने र बिस्तारै अक्षय कोषको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले कार्यक्रममा सन्ध्याका सल्लाहकार, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वरजिस्ट्रार एवम् प्राज्ञ प्रा जगत् उपाध्याय ‘प्रेक्षित’का पिता ज्यो पं हरिप्रसादको ९० वर्षका उमेरमा शुक्रबार दैलेखमा देहावसान भएकामा श्रद्धाञ्जलि अर्पण गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी