रोल्पाको भौतिक पूर्वाधार विकास गर्ने महराकाे प्रतिबद्धता

रोल्पाको भौतिक पूर्वाधार विकास गर्ने महराकाे प्रतिबद्धता

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ७ जेठ ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना विषयलाई जोडेर केही सञ्चारमाध्यममा गलत समाचार प्रवाह भइरहेकामा ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री महराको सचिवालयले आज जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘रोल्पा जिल्लाको विकासमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको र कुनै पनि आयोजनामा बजेट कटौती गरिएको छैन ।’

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडकमा विनियोजित रु १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तीनवर्षीय प्रक्षेपणका आधारमा उक्त सडक निर्माणका लागि आव २०७३÷७४ (क्रमागत)मा रु एक करोड २० लाख बजेट विनियोजन भएको र लिबाङ–लाप्चनखण्डमा निर्माण काम भइरहेको सचिवालयले जनाएको छ ।

‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक अर्थमन्त्रीको उच्च प्राथमिकतामा रहेको, प्रधानमन्त्री दाहालले उक्त सडक निर्माण प्रक्रियालाई अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएअनुसार हाल प्युठान सडक डिभिजन कार्यालयको अग्रसरता र सडक विभागको नेतृत्वमा उक्त सडकको विस्तृत आयोजना प्रतिवेदन तयार भएको तथा एक साताभित्रै उक्त कार्यले पूर्णता पाउने समेत प्रेस नोटमा उल्लेख छ ।

सडकको प्रतिवेदन तयार भइसकेपछि निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने र निर्माण तीव्ररुपमा अगाडि बढ्ने जानकारी दिँदै अर्थमन्त्रीको सचिवालयले राजनीतिक पूर्वाग्रहकै आधारमा गरिएका गलत प्रचारको बुझेर मात्रै धारणा बनाउन रोल्पालीलाई आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी