नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्र विजयी

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्र विजयी

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ ,६ जेठ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । ३ हजार ९ सय ६१ मत सहित माओवादी केन्द्रका तेजबहादुर तामाङ गाउँपालिका प्रमुखमा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामेश्वर थापाले २ हजार ८ सय ५४ मत ल्याउनु भएको छ । यस्तै पञ्चकन्या गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रसका सीता पराजुली खड्का २ हजार ७ सय ९३ मत सहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रकृति रिमालले २ हजार ५ सय ७८ मत ल्याउनुभएको थियो । ५ वटा वडा रहेको पञ्चकन्या गाउँपालिकामा ३ वटा गाउँपालिकामा माओवादी केन्द्र, एउटामा नेपाली कांग्रस तथा एउटामा एमालेले जितेको छ ।

यस्तै धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । आज बिहान सार्वजनिक गरिएके मतपरिणाम अनुसार कांग्रेसका भिमप्रसाद ढुङ्गाना १३ हजार १ सय ६६ मत सहितक विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन श्रेष्ठले ६ हजार ६ सय २८ मत प्राप्त गर्नुभएको छ । कांग्रेस माओवादीको तालमेल रहेको उक्त नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारी १० हजार ३ सय २५ मतसहित विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगादेबी श्रेष्ठले ६ हजार ९ सय ८५ हत प्रप्त गर्नुभएको थियो । अन्तिम मतपरिणम अनुसार नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले ६ वडा, एमालेले ४ वडा र नेकपा माओवादी केन्द्रले ४ वडामा विजय हासिल गरेको छ ।

नीलकण्ठ नगरपालिको मतपरिणम संगै जिल्लाको सम्पूर्ण १३ स्थानीय तहको मत परिणम आएको छ । यता भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति भारी मत अन्तरले विजयी हुनु भएको छ ।

प्रजापति २५ हजार ५ सय ६८ मतसहित मेयरमा विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार ५ सय ३२ र एमालेका विष्णु सुवालले ४ हजार २ सय १० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरि उपप्रमुख तर्फ नेमकिपा कै उम्मेदवार रजनी जोशीले २५ हजार ६ सय ५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी